본문 바로가기
〓주제별 설교〓/नेपाली सिक्नुहोस्

मुक्ति भनेको के हो ?

by 【고동엽】 2023. 1. 26.
 
 

*मुक्ति भनेको के हो ? 

उ: मुक्ति भनेको परमेश्वरले येशू ख्रीष्टमा हाम्रो पाप र दण्ड हालिदिनुभएर हाम्रो पाप क्षमा गर्नुभई हामीलाई धर्मी भनेर स्वीकार गरि नयाँ जीवन दिनुभएको हो । त्यसैले हामीहरु सबै पापको शक्तिबाट छुटकारा पाई परमेश्वरका सन्तान भएर येशू ख्रीष्टको साथमा अनन्तसम्म जीउनेछौँ ।

यूहन्ना ३:१६-१७ { यूहन्नाको सुसमाचार: अध्याय  तीन  पद   सोह्र- सत्र }

16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो,ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। 

17किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो। (यशैया ५३:१-१२ , प्रेरित १६:३०-३१, रोमी ५:१२-२१, १कोरिन्थी १५:२०-२६, २ तिमोथि १:९-१०)

 

* येशू ख्रीष्टमा विश्वास गर्नु भनेको के हो ? 

उ: येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनि स्वीकार गरेर पापको लागि पश्चात्ताप गरि पूर्णरुपमा उहाँमा भरोसा गर्नु र पछ्याउनु हो।

प्रेरित १६:३१ { अध्याय  सोह्र   पद  एकतिस }

31अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।”        (मत्ती ११:२८-३०, यूहन्ना ३:१६, ६:३५, प्रेरित १६:३१, रोमी ३:२१-२६)

 

* मण्डली भनेको के हो?

उ: मण्डली भनेको बोलावट पाएका मानिसहरु एकसाथ परमेश्वरको आराधाना गर्दै उहाँको बचन घोषणा गर्ने, सँगै रोटी भाँच्ने               र सन्सारमा ख्रीष्टको गवाही  दिने ख्रीष्टको शरिर हो।

१ कोरिन्थी १२: २७ { अध्याय  बाह्र    पद सत्ताइस } तिमीहरू ख्रीष्‍टका शरीर हौ, र हरेक त्‍यसका अङ्गहरूहौ।

(मत्ति १६:१८-१९, २८:१९-२०, मर्कुस१६:१५-१६, रोमी १०:१३-१७, १ कोरिन्थी ३:१०-१७, ११:२६, १२: २७, कलसी १:१८, एफिसी २:२०-२२, ४:१२-१६)

 

댓글