본문 바로가기
〓주제별 설교〓/नेपाली सिक्नुहोस्

네팔리 대.소 요리문답(नेपाल ठूलो र सानो विश्वास प्रश्न र उत्तरहरू (संवाद)।)

by 【고동엽】 2016. 7. 16.
 
 
네팔 대.소 요리문답

परिचय 
शान्तिको मार्ग बनाउनुहुने पवित्र आत्मा हाम्रो सम्प्रदाय, सेवा गर्ने मण्डली तथा सँस्थाहरुमा रहनुहुस भनि प्रार्थना गर्दछु ।

 प्रवासीहरुको सेवा गर्ने र वचन प्रचार गर्नु चाँहि, (बिदेशीलाई आफुलाई झैं प्रेम गर" ( लेवी १९:३३-३४) 

भन्ने परमेश्वरको उद्येश्यको अर्को अर्थ हो र "पृथ्वीको अन्त्यसम्म मेरा साक्षी बन" (प्रेरित १:८) जस्तै प्रभुको आज्ञा पूरा गर्नु हो ।

प्रवासी मिसन चाँहि हामिहरुको लागि अहिलेको समयमा सुहाउदो बोलावट हो ।

 

 हामीले प्रवासीहरुको मुक्ति, सामाजिक सेवा, अनि मानव अधिकारको निम्ति हरेक भाषामा "विश्वासी जीवनका लागि 

महत्वपूर्ण प्रश्नोत्तरहरु" प्रकाशन गरेका छौं।


यो पुस्तिका प्रवासी मिसनको जग बन्न सकोस भन्ने कामना गर्दै, पवित्र आत्माको शक्ति र अनुग्रह साथमा रहोस भन्ने कामना गर्दछु ।


२०१० साल ३ महिना १९ तारिख कोरिया प्रेस्बेटेरियन मण्डली     

अध्यक्ष पाष्टर भे थे जीन 

 

विश्वासी जीवनका लागि महत्त्वपूर्ण प्रश्नोत्तरहरु 

मुख्य अध्याय जीवनको उद्येश्य अध्याय १ परमेश्वर, विश्वास र बाईबल

अध्याय २ उत्पत्ति र संसार

अध्याय ३ मानिस र पाप

अध्याय ४ येशू ख्रीष्ट र उद्धार 

अध्याय ५ पवित्र आत्मा र जीवन

अध्याय ६ मण्डली र मिसन

अध्याय ७ इतिहास र अन्त्यअध्याय ८ व्यबस्था र पालन 
अध्याय ९ प्रार्थना र जीवन 

 
प्रश्न र उत्तरहरू

मुख्य अध्याय जीवनको उद्येश्य 
प्र १: मानिसको पहिलो उद्येश्य के हो ?

उ: परमेश्वरलाई राम्रोसँग चिनेर सम्पूर्ण जीवन उहाँमा सुम्पेर उहाँलाई महिमित पार्दै अनन्तसम्म उहाँमा रमाउनु हो।

(१ कोरिन्थी १०:३१, ब्यवस्था ६:४-५, भजन ३२:११, मर्कुस १२:२९-३०, यूहन्ना १७:१७-२६, रोमी १:२१-२३, ११:३६, )

 


प्र २ : के गरेमा मानिसले परमेश्वरलाई राम्रोसँग चिनेर महिमित पार्दै अनन्तसम्म उहाँमा रमाउन सक्छ ? 

उ: येशू ख्रीष्टलाई विश्वास गरेर उहाँको सुसमाचार भित्रबाट परमेश्वरको सेवा गरेर जीउनुपर्छ ।

(प्रेरित ४:१२, ब्यवस्था ६:४-९, भजन ५०:२३, यूहन्ना १४:६-१२,  )

 

 

अध्याय १ परमेश्वर, विश्वास र बाईबल 

प्र ३ : बाईबलमा प्रकट हुनुभएको परमेश्वर कस्तो व्यक्ति हुनुहुन्छ?

  उ: परमेश्वर एकै व्यक्ति भएर इस्रएलको इतिहास र येशूमा देखा पर्नुभएको छ ।

 उहाँ अनन्तसम्म रहनुहुने, बुद्धि र शक्तिले भरपूर पवित्र र सत्य हुनुहुन्छ ।

 

 

प्र ४: परमेश्वर कसरी प्रकट हुनुभएको छ ?

उ: परमेश्वर पिता, पुत्र र पवित्र आत्मा भएर त्रीएक परमेश्वरको रुपमा देखापर्नु भएको छ ।

(उत्पत्ति १:२६-२७, यशैया ७:१४, मत्ति १:२३, ३:१६-१७, यूहन्ना १४:२५-३१)

 

 

प्र ५: त्रीएक भनेको के हो?  उ: एकै परमेश्वरले आफुलाई तिन प्रकारले प्रकट गर्नुभएको छ भन्ने अर्थ हो ।

उः यि तिन पिता, पुत्र र पवित्र आत्मा हुन्, जसमा त फरक व्यक्तित्व भएता पनि चरित्र, महिमा र उद्येश्य चाहि समान र एउटै छन्।

( मत्ति २८:१९, २ कोरिन्थी १३:१३ )( यूहन्ना १५:२६-२७, १कोरिन्थी ८:४-६, २ कोरिन्थी १३:१३, १ यूहन्ना ५:५-८)

 


प्र ६: परमेश्वर पिता को हुनुहुन्छ ?

उः पिता परमेश्वर मानिस र सारा संसारको सृष्टि गरि, त्यसमाथि अधिकार गर्नुहुने सर्वशक्तिमान व्यक्ति भै प्रेमको पिता, तथा पुत्र येशूलाई पठाउनुहुने ब्यक्ति हुनुहुन्छ ।   

(उत्पत्ति १:१-३, १७:१-४, प्रस्थान ३४:६, यूहन्ना १:३, १७:१८-२१, प्रकाश १:८)

 

 

प्र ७: पुत्र परमेश्वर येशू ख्रीष्ट को हुनुहुन्छ ?

उ: पुत्र परमेश्वर मानिसको रुपमा यस संसारमा आएर मानिसहरुको सेवा गर्दै अन्त्यमा हाम्रो पाप बोकेर हाम्रो सट्टामा क्रुसमा मर्नुभई पुनरुत्थानहुनु भएको हाम्रो  मुक्तिदाता हुनुहुन्छ । 

( मत्ति १६:१३ - २०, यूहन्ना १:१, १४-१८, १२:२४, रोमी ३:२०-२८)


प्र ८ : पवित्र आत्मा परमेश्वर को हुनुहुन्छ ?

उ: पवित्र आत्मा चाँहि पिता र पुत्र परमेश्वरको आत्मा भई यो संसारमा मुक्तिको काम निरन्तर गर्नुहुने ब्यक्ति हुनुहुन्छ ।

( योएल २:२८-३०, यूहन्ना १५:२६, रोमी ८:९, १ कोरिन्थी २:९ - १३, गलाती ४:६)

 


प्र ९ : सुसमाचार के हो? 

उ: सुसमाचार भनेको प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरले दिनुभएको खुशिको समाचार हो ।

 सुसमाचारले हामीलाई पाप र मृत्युको शक्तिबाट छुटकारा दिएर मुक्ति र शान्ति दिई स्वतन्त्र मानिस बनाउँछ ।

(प्रस्थान ३:१५, यशैया ६१:१-६, मत्ति ५:३-११, यूहन्ना १:१४-१७, ३:१६-१७, रोमी १:२-४ )

 

 

प्र १० : बाईबल कस्तो पुस्तक हो ? उ: बाईबल भनेको संसारलाई मुक्ति दिन र येशू ख्रीष्टको गवाहि दिनको लागि पवित्र आत्माको अगुवाई पाएका ब्यक्तिहरुले लेखेको 

परमेश्वरको वचन हो। 

(येहोशु १:७-८, भजन १९:७-१०, यूहन्ना ५:३७-३९, २०:३१, २तिमोथि ३:१५-१७, २पत्रुस १:२०-२१)

 


प्र ११: बाईबललाई कसरी बिभाजन गरिएको छ ? 

उः बाईबलमा पूरानो करार ३९ वटा पुस्तक र नयाँ करार २७ वटा पुस्तकहरु छन् ।

(यर्मिया ३१:३१-३४, लुका २४:४४-४५, १ कोरिन्थी ३:६-१६, हिब्रु ९:१५-२२)

 


प्र १२: पूरानो करार बाईबलको बिषय के हो? 

उः पूरानो करार बाईबलमा परमेश्वरले चुनेको जाती, इस्राएली जातीद्वार परमेश्वरले गर्नुभएको कार्यको इतिहाँस तथा शिक्षासँगै 

भविष्यमा आउनुहुने येशू ख्रीष्टको भविष्यवाणी गरिएको छ।

(प्रस्थान १९:५-६, २४:४-८, ब्यवस्था २६:५-९, यशैया ५३:४-६, लुका २४:२५-२७)

 


प्र १३ : नयाँ करार बाईबलको बिषय के हो ?

उ: नयाँ करार बाईबलमा येशू ख्रीष्टको जीवन र शिक्षा, ख्रीष्टको शरिर मण्डलीको बारेको बिबरणद्वारा येशू ख्रीष्ट हाम्रो मुक्तिदाता हुनुहुन्छ भन्ने प्रमाणहरु छन्। 

( यूहन्ना २०:३० - ३१, प्रेरित १:१-२, २:४२-४७, एफिसी १:२२-२३, १ यूहन्ना १:१-४)

 

पुरानो नियम 39 पुस्तकहरू 
उत्पत्ति    राजा एक  उपदेशक   ओबदिया   
प्रस्थान   राजा दुई   श्रेष्ठगीत  योना  
लेवी      इतिहास एक  यशैया   मीका  
गन्ती    इतिहास दुई  यर्मिया  नहूम  
व्यवस्था   एज्रा   विलाप   हबकूक  
यहोशू    नहेम्याह    इजकिएल  सपन्याह  
न्यायकर्ता  एस्तर  दानियल    हाग्गै 
रूथ   अय्यूब  होशे   जकरिया   
शमूएल एक  भजनसंग्रह   योएल   मलाकी  
शमूएल दुई   हितोपदेश  आमोस    

 

नयाँ नियम 27 पुस्तकहरू
मत्ती    कोरिन्थी दुई   तिमोथी एक   पत्रुस दुई 
मर्कूस   गलाती     तिमोथी  दुई    यूहन्ना  एक  
लूका    एफिसी   तीतस   यूहन्ना दुई  
यूहन्ना   फिलिप्पी   फिलेमोन   यूहन्ना तीन  
प्रेरित   कलस्सी   हिब्रू    यहूदा  
रोमी    थिस्सलोनिकी एक   याकूब   प्रकाश  
कोरिन्थी  एक   थिस्सलोनिकी दुई  पत्रुस एक     

 

 

 

अध्याय २ उत्पत्ति र संसार  
प्र १४: स्वर्ग, पृथ्वी र मानिस कसरी बने ?

उ: स्वर्ग, पृथ्वी र मानिसलाई परमेश्वरले वचनद्वारा सृष्टी गर्नुभएको हो ।

(उत्पत्ती १:१ - २३, नेहम्याह ९:६, यशैया ४५:१८, यूहन्ना १:१-५, हिब्रु ११:३)

 


प्र १५: परमेश्वरले वचनद्वारा सारा थोक सृष्टी गर्नुभयो भनेको के हो?

उ: परमेश्वरले निश्चित चेतना, बुद्धि र उद्येश्यले सारा थोक सृष्टी गर्नुभयो भनेको हो ।

(भजन १९:१-१०, उपदेशक ३:११, यर्मिया १०:१२-१६, रोमी ११:३४-३६, हिब्रु ४:१२-१३)

 


प्र १६: मानिस कसरी सृष्टी गरियो ?

उ: मानिसलाई परमेश्वरले आफ्नै स्वरुपमा नर र नारी गरि बनाउनुभयो।

(उत्पत्ति १:२६-२७, २:७, २:२०-२३, १कोरिन्थी १५:४७-४९)

 

 

प्र १७: परमेश्वरको स्वरुपमा सृष्टी भयो भनेको के हो? 

उ: परमेश्वरले मानिसलाई अन्य प्रणीहरु भन्दा फरक, आफु जस्तै आत्मिक प्राणी भएर उहाँको वचन र बोलावटलाई पालन गर्ने गरि सृष्टी गर्नुभयो भनेको हो। 

( भजन ८:४-८, यूहन्ना १:१२-१३, रोमी ८:२९, १कोरिन्थी २:१०-१६, कलसी १:१४-१५)

 

प्र १८: परमेश्वरले सृष्टी गर्नुभएको प्रकृति त्यसपछि कस्तो भयो?

उ: परमेश्वरले प्रकृतिलाई असल र सुन्दर बनाएर मानिसको जिम्मा लागाउनुभएको भएता पनि मानिस पापमा फसेपछि प्रकृतिको 

सुन्दरता र मिलाप टुट्यो। 

(उत्पत्ति ३:१७-१९, ६:५-७, ८:२२, यर्मिया ४:२३-२८, रोमी ८:१९-२३)

 


प्र १९: परमेश्वरले प्रकृतिमाथि कसरी पर्वादृष्टी राख्नुहुन्छ ? 

उ: परमेश्वरले बिग्रीएको प्रकृतिलाई सुधार गर्ने मात्र  होइन, तर मानिसलाई बुद्धि र जिम्बेवारी दिएर प्रकृतिलाई पुनर्स्थापित गराउने काम गर्नुहुन्छ ।

(उत्पत्ति ९:१-२, ९:८-१७, इजिकिएल ३४:२३-२९, कोरिन्थी १:१६-२०)

 

 

अध्याय ३ मानिस रा 
प्र २० : पाप के हो ?

उ: पाप भनेको परमेश्वरप्रतिको अविश्वास,
अनाज्ञाकारिता, र घमण्ड हुन् जो आदामबाट शुरु भएर सबै मानिसमा भएको गुण हो ।

(उत्पत्ति ३:१-१३, भजन १०:३-४, ७८:२१-२२, यर्मिया ३:१३, यूहन्ना १६:९, २तिमोथि ३:२-५, हिब्रु ३:१२-

 

 

प्र २१ : पापको नतिजा के हो? 

उ: सबै मानिसहरु आदामको सन्तान भएकोले सबैले पाप गरेर श्राप पाई आफैँले आफुलाई बचाउन नसक्ने गरि मृत्युको 

अधिकारको बन्धनभित्र पर्न पुगे ।

(उत्पत्ति ३:१४-१७, मर्कुस ९:४२-४८, रोमी ५:१२-१९, ६:२३, १कोरिन्थी १५:२१-२२, २तिमोथि १:८-९, याकुब १:१५)

 

 

प्र २२: पापको क्षमा भनेको के हो? -

उ: येशू ख्रीष्टलाई विश्वास गरेर पापबाट छुटकारा पाई परमेश्वरसँग मिलाप भई परमेश्वरको सन्तान हुन पाउने अनुग्रह हो।

(यशैया ५५:६-७, मर्कुस २:१-१२, यूहन्ना १:१२, प्रेरित २६:१७-१८, रोमी ५:९-११, ६:१७-२३, ८:१-२, ८:१४-१७, एफिसी १:७, हिब्रु ९:१३-१५ )

 


प्र २३: पश्चात्तप भनेको के हो?

उः पश्चात्ताप भनेको "मन परिवर्तन गर्नु" भन्ने अर्थमा पापी मानिसले आफ्नो सोचाई र जीवनको बाटो परिवर्तन गरेर येशू ख्रीष्ट तिर फर्कनु हो ।

(१ राजा ८:४७-४८, इजिकिएल १४:६, १८:२८-३२, भजन ११९:६, ५९, १२८, योएल २:१२-१३, लुका १५:१७-१८, प्रेरित २६:१८)

 

प्र २४: नयाँ जन्म पाउनु भनेको के हो?

उ: एक पापी मानिसले येशू ख्रीष्टलाई पाएर पुरानो मनुष्यत्व मरेर नयाँ मानिस बन्नु हो।

( यूहन्ना ३:३-७, रोमी ६:१-२३, २ कोरिन्थी ५:१७, एफिसी ४:२२-२४, कलसी ३:९-१०, १ पत्रुस १:३, २३)

 


प्र २५ : परमेश्वरको अनुग्रह भनेको के हो ? 

उ: मानिसको बलले प्राप्त गर्न नसक्ने कुरा परमेश्वरले आफ्नो इच्छाले सित्तैमा दिनु नै अनुग्रह हो । 

(प्रस्थान ३४:६-७, ब्यबस्था ७:६-१०, रोमी ५:१ - १६, ३:२३-२६, एफिसी १:७-१०, २:१-१०)

 


प्र २६ : विश्वासद्वारा धार्मिक ठहरिनु भनेको के हो ? 

उ: परमेश्वरले येशू ख्रीष्टलाई विश्वास गर्ने मानिसहरुलाई मानिसको कर्मद्वारा होइन तर मात्र येशू ख्रीष्टले गर्नुभएको कामद्वारा धार्मिक भएको स्वीकार गर्नुहुन्छ भनेको हो। 

(हिब्रु २:४, रोमी १:१६-१७, ४:१८-२५, गलाती २:१६-२१, ३:१-१२, १ पत्रुस १:१८-१९)

 

प्र २७: मुक्ति भनेको के हो ? 

उ: मुक्ति भनेको परमेश्वरले येशू ख्रीष्टमा हाम्रो पाप र दण्ड हालिदिनुभएर हाम्रो पाप क्षमा गर्नुभई हामीलाई धर्मी भनेर स्वीकार गरि नयाँ जीवन दिनुभएको हो ।

 त्यसैले हामीहरु सबै पापको शक्तिबाट छुटकारा पाई परमेश्वरका सन्तान भएर येशू ख्रीष्टको साथमा अनन्तसम्म जीउनेछौँ ।

(यशैया ५३:१-१२ यूहन्ना ३:१६-१९, प्रेरित १६:३०-३१, रोमी ५:१२-२१, १कोरिन्थी १५:२०-२६, २ तिमोथि १:९-१०)

 

अध्याय ४ येशू ख्रीष्ट र उद्धार  
प्र २८: येशू ख्रीष्टमा विश्वास गर्नु भनेको के हो ? 

उ: येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनि स्वीकार गरेर पापको लागि पश्चात्ताप गरि पूर्णरुपमा उहाँमा भरोसा गर्नु र पछ्याउनु हो।

(मत्ती ११:२८-३०, यूहन्ना ३:१६, ६:३५, प्रेरित १६:३०-३१, रोमी ३:२१-२६)

 


प्र २९: येशू ख्रीष्टले के सन्देश दिनुभयो ? 

उ: येशू ख्रीष्टले परमेश्वरको राज्य नजिकै आएको छ, पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर भन्ने सन्देश दिनुभयो ।

(मत्ती ४:१७-७:२९, मर्कुस १:१४-१५, लुका ६: २०-४६, यूहन्ना १४:२५-२६)

 


प्र ३० : परमेश्वरको राज्य नजिकै आएको छ भनेको के हो? 

उः परमेश्वरले राज गर्ने राज्य चाँहि येशू ख्रीष्टको  छ र अहिले यहाँ हमीहरु बिचमा छ

भनेको हो।

( मत्ति १२:२८, लुका ११:२०, १७:२०-२१, रोमी १४:१७, १कोरिन्थी ४:२० )

 


प्र ३१ : येशू ख्रीष्ट कसरी मर्नुभयो?

उ: येशू ख्रीष्टले त्यति बेलाका यहुदी धर्मगुरुहरुको पोलमा परि शासक पन्तियस पिलातसको अधिकारमा मृत्युदण्ड पाउनुभयो । त्यसरी पुरानो करारमा भएको अगमबाणी अनुसार नै क्रुसमा टाँगिएर मर्नुभयो।

( ब्यवस्था २१:२३, यशैया ५३:१-१२, मत्ति २७:४५-५६, मर्कुस १५:३३-४१, लुका २३:४४-४९) २:६-८)

 


प्र ३२: येशू ख्रीष्ट मर्नुभएपछि के भयो?

उ: येशू ख्रीष्ट गाडिनुभएको तेस्रो दिनमा फेरि जीवित भई उठनुभयो।

(मत्ति २७:५७-२८:१०, मर्कुस १५:४२-१६:८, लुका २३:५०-२३:१२, यूहन्ना १९:३८-२०:१०)

 

 

प्र ३३: येशू ख्रीष्ट गाडिएर फेरि जीवित भई उठ्नुभयो भनेको के हो?

उ: येशू ख्रीष्ट हामी जस्तै मानिसको रुपमा आएर साँच्चै नै मर्नुभयो भन्ने अर्थ हो।

(लुका २३:५१-५६, यूहन्ना १९:३८-४२, रोमी ५:१२-२१, ६:१-८, १कोरिन्थी १५:३-८, फिलिप्पी

 


प्र ३४: येशू ख्रीष्टको मृत्युसँग हामीहरुको के सरोकार छ? 

उ: येशू ख्रीष्ट हाम्रो पापको खातिर हाम्रो सट्टामा मर्नुभयो भनेर विश्वास गरेमा पापको क्षमा र मुक्ति पाइन्छ ।

 ( मत्ति २६:२८, यूहन्ना ३:१६-१७, प्रेरित ५:३०-३१, रोमी ५:१०, १०:९, एफिसी १:७, हिब्रु ९:२८)


 

प्र ३५: येशू ख्रीष्टको पुनरुत्थानमा के अर्थ छ ?

उ: येशू ख्रीष्टको पुनरुत्थानले उहाँ यो संसारको दुष्ट र पापको शक्तिमाथि बिजय हुनुभयो भन्ने जनाउँछ।

(यूहन्ना ११:२५-२६, १६:३३, रोमी ६:४-९, १ कोरिन्थी १५:३५-५८, कलसी १:१३-१४, २:१५, १ यूहन्ना ५:४)

 

 

प्र ३६: पुनरुत्थान हुनुभएको येशू ख्रीष्टको हामीहरुसँग के सरोकार छ ?

उ: पुनरुत्थान हुनुभएको येशू ख्रीष्टले हामीहरुलाई धर्मी बनाएर सम्पुर्ण कष्टहरु माथि बिजयी गराई अनन्त जीवन पाउने गराउनुहुन्छ 
(यूहन्ना ११:२५-२६, प्रेरित ४:१०-११, रोमी ४:२५, १ कोरिन्थी ५:२०-२१, २कोरिन्थी १:९-१०, फिलिप्पी ३:१०-११, १पत्रुस ३:१८-१९, ४:१२-१९)

 


प्र ३७: येशू ख्रीष्टले हाम्रो उद्धारक भएर के के को काम गर्नुहुन्छ?

उ: येशू ख्रीष्टले हाम्रो उद्धारक भएर अगमवक्ता, पुजाहारी र राजाको काम गर्नुहुन्छ।
(मत्ति २:११, २१:५, प्रेरित ३:२१-२६, ५:३१, हिब्रु ४:१४-५:१०, ७:२०-८:१३)

 


प्र ३८: येशू ख्रीष्टले अगमबक्ताको काम कसरी गर्नुहुन्छ? 

उ: येशू ख्रीष्टले वचन र पवित्र आत्माद्वारा अन्यायी र पापी संसारको नतिजाको घोषणा गर्दै परमेश्वरको

मुक्तिको उद्येश्य प्रकट गर्नुहुन्छ।
(ब्यवस्था १८:१५, यशैया ४२:१-४, लुका ४:४२-४४, ७:१६, यूहन्ना १५:१५, १७:८, प्रेरित ३:२१-२६, हिब्रु १:१-२, १पत्रुस १:१०-१२)

 


प्र ३९: येशू ख्रीष्टले पुजाहारीको काम कसरी पूरा गर्नुहुन्छ ?

उ: येशू ख्रीष्टले हामीहरुलाई परमेश्वरसँग मिलाप गराउनको लागि आफ्नो शरिरलाई पाप बलिको रुपमा दिनुभई, सधैँ हाम्रो 

निम्ति अन्तरबिन्ति गरिरहनुहुन्छ ।

 (यूहन्ना १७:१-२६, हिब्रु २:१७-१८, ४:१४-५:१०, ७:२४-२५, ९:१२-१५)

 


प्र ४० : येशू ख्रीष्टले राजाको काम कसरी पूरा गर्नुहुन्छ? 

उ: येशू ख्रीष्टले हामीहरुलाई आफुसँग एकतामा ल्याउनुभई हाम्रो रेखदेख र हेरचाह गर्नुहुँदै सम्पूर्ण दुष्टको शक्तिलाई दुर गरेर बिजयी हुने गराउनुहुन्छ । 

(यशैया ९:६-७, ११:१-५, ३२:१-२, दानिएल ७:१३-१४, मत्ति २२:४२-४६, प्रेरित १५:१४-१६, १ कोरिन्थी १५:२५-२८)

 


प्र ४१: येशू ख्रीष्ट स्वर्गारोहण हुनुभै परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ भनेको के हो?

उ: येशू ख्रीष्टले परमेश्वरको सम्पूर्ण अधिकार जिम्मा लिनुभई सम्पूर्ण शक्ति र अधिकारहरुलाई आफ्नो पैतालामुनि अधिनमा राख्नुभएर सारा ब्रम्हाण्डमाथि शासन गर्नुहुन्छ भन्ने अर्थ हो।
(मर्कुस १६:१९, प्रेरित ५:३०-३१, रोमी ८:३४, एफिसी १:२०-२३, १पत्रुस ३:२२ )



पूर ४२: येशू ख्रीष्ट फेरि आउनुहुन्छ भनेको के हो ? 

उ: समयको अन्त्यमा येशू ख्रीष्ट सन्सारको न्याय गरि परमेश्वरको राज्य पूर्ण गर्नलाई आउनुहुन्छ भनेको हो ।

(मत्ति २५:३२-४६, मर्कुस १३:२४-२७, प्रेरित १:११, १७:३१, १ ४:१६, २ थेसालोनिकी १:७-९, प्रकाश २०:१२-१३)

 

 

प्र ४३: पुनरुत्थान भनेको के हो?

उ: यो विश्वास गर्ने मानिसहरुमा हुने प्रतिज्ञा हो, येशू ख्रीष्टलाई विश्वास गरेर मुक्ति पाएका मानिसहरु शारिरिक रुपमा मरेता पनि प्रभु येशू फेरि आउनुहुने दिनमा मृत्युलाई जितेर प्रभुको साथमा अनन्तसम्म जीउने कुरा हो ।
(इजिकिएल ३७:१-१४, मत्ति २२:२३ ३३ यूहन्ना ११:२५-२७, १कोरिन्थी १५:३५-५८, प्रकाश २०:१-१५)

 

 

अध्याय ५ पवित्र आत्मा र जीवन

प्र ४४: पवित्र आत्माले गर्ने काम के हो ?

उ: पवित्र आत्माले हामीलाई येशू ख्रीष्टमा विश्वास गर्ने बनाउने, उहाँ सँग एक भएर जीवनलाई पवित्र बनाउदै, मण्डली निर्माण गरेर 

सबै सृष्टीलाई नयाँ बनाउने तथा मिसनको काम गर्नुहुन्छ ।
(यशैया ३२:१५-१७, यूहन्ना १६:५-१५, प्रेरित ११:१२-२८, रोमी १५:१६, १ कोरिन्थी १२:१२-१३, गलाती ५:२५, प्रकाश २१:५ )

 


प्र ४५ : पवित्र आत्मा र सन्सारिक आत्मा कसरि छुट्ट्याउन सकिन्छ ?

उ: त्यो चाहि येशू प्रभुलाई ख्रीष्ट भनि स्वीकार गर्छ कि गर्दैन भन्ने र त्यसको फल हेरेर छुट्ट्याउन सकिन्छ ।

(मत्ति १६:१५-१७, रोमी ८:५-११, १ कोरिन्थी २:१०-१६, १२:४-११, गलाती ५:२२-२३)

 

 

प्र ४६: पवित्र आत्मामा जीउनु भनेको कसरि जीउनु हो ? 

उ: त्यो चाँहि मेरो इच्छा अनुसार जीउने होइन, पवित्र आत्माको इच्छा र बिभिन्न वरदानहरुद्वारा येशू ख्रीष्टको गवाही मानिस भएर 

जीउनु हो ।
(यशैया ६१:१-२, इजिकिएल ३६:२६-२७, का २४:४७-४९, १कोरिन्थी १२:४-११, एफिसी ४:११-१२)

 


प्र ४७: पवित्र आत्माको फल के हुन ?

उ: पवित्र आत्माको फल चाँहि प्रेम, आनन्द, शान्ति, धिरज, दया, भलाई, विस्वस्तता, नम्रता र संयम हुन ।
(रोमी ५:१-६, गलाती ५:२२ - २३, २पत्रुस १:५-९) 

 

 

अध्याय ६ मण्डली र मिसन  
प्र ४८: मण्डली भनेको के हो?

उ: मण्डली भनेको बोलावट पाएका मानिसहरु एकसाथ परमेश्वरको आराधाना गर्दै उहाँको बचन घोषणा गर्ने, सँगै रोटी भाँच्ने र सन्सारमा ख्रीष्टको गवाही दिने ख्रीष्टको शरिर हो।

(मत्ति १६:१८-१९, २८:१९-२०, मर्कुस१६:१५-१६, रोमी १०:१३-१७, १ कोरिन्थी ३:१०-१७, ११:२६, १२: २७, कलसी १:१८, एफिसी २:२०-२२, ४:१२-१६)

 


प्र ४९: आराधना भनेको के हो? 

उ: आराधना भनेको विश्वास गर्ने मानिसहरु परमेश्वरको बचन सुनेर उहाँको उपस्थितिको अनुभव गर्दै उहाँलाई स्तुति गरेर खुशि पार्ने र उहाँको आनन्द अनुभब गर्नु हो। यो चाँहि परमेश्वरको मुक्तिको अनुग्रहप्रति मानिसहरुको प्रतिकृया पनि हो।
(प्रस्थान ३:१२, भजन १००:१-५, यूहन्ना ४:२३-२४, रोमी १२:१, एफिसी ५:१९-२० )

 


प्र ५०: परमेश्वरको वचन प्रचार गर्नु भनेको के हो? 

उ: त्यो चाँहि बाईबल अनुसार ख्रीष्टको गवाहि दिने र त्यो पुस्ताको लागि परमेश्वरको सन्देश घोषणा गर्नु हो।

(यशैया ५२:७, लुका ४:१७-१९, प्रेरित ९:१९-२०, रोमी १०:१४-१७, १ कोरिन्थी २:१-५)

 

 

प्र ५१ : मण्डलीका सँस्कारहरु के हुन ? 

उ: मण्डली सँस्कारहरु बप्तिष्मा र प्रभुभोज गरि येशू ख्रीष्टले आफैँले गर्नुभएर शुरु गर्नुभएका बिधिहरु हुन ।

यो चाँहि अनुग्रहको करारमा रहेका मानिसहरुलाई भेला गरेर उनिहरुको विश्वासको बृद्धि र आत्मिक विकास गरेर परमेश्वर प्रति 

आज्ञाकारी बनाउनको लागि गरिने हो । 

(मत्ति २८:१९-२०, मर्कुस १६:१६, यूहन्ना ६:५१ । रोमी ६:३-४, १कोरिन्थी १०:१६-१७, गलाती ३:२७)

 


प्र ५२ : बप्तिष्मा भनेको के हो? 

उ: बप्तिष्मा येशू ख्रीष्टको सुसमाचारमा विश्वास गरेर पश्चात्ताप गर्ने मानिसहरुलाई पिता, पुत्र र पवित्र आत्माको नाममा पानी खन्याएर गरिने बिधि हो र पापको क्षमा पाई ख्रीष्टको मृत्यु र पुनरुत्थानसँग एक हुनु हो ।
(मत्ति २८:१९, यूहन्ना ३:५, प्रेरित २२:१६, रोमी ६:१-११, गलाती ३:२६-२७)

 


प्र ५३ : बप्तिष्मा किन लिइन्छ? 

उ: बप्तिष्मा लिनु चाँहि पापको क्षमा पाई परमेश्वरको सन्तानको रुपमा मण्डलीको सदस्य भई ख्रीष्ट भित्रबाट नयाँ जीवनको शुरुवात गर्नु हो । 

( मत्ति ३:१३-१७, मर्कुस १६:१६, प्रेरित २:२८-४१, रोमी ६:३-४, गलाती ३:२७, कलसी ३:९-१०)

 


प्र ५४: बाल बतिषमा चाँहि के हो ? 
उ: अबिभवक र गुरुहरुले येशू प्रभुले जस्तै बच्चालाई प्रेम गरि बच्चाले परमेश्वरमा विश्वास गरेर स्वीकार गर्न सिकाउने र परमेश्वरको सन्तानको रुपमा शिक्षा दिने प्रतिज्ञा को बिधि हो । यहाँचाहि यो बच्चाले परमेश्वरलाई बुझेर विश्वास गर्नुभन्दा धेरै पहिलेबाट परमेश्वरले त्यो बच्चालाई छान्नुभएको थियो भन्ने बिशेष अर्थ पनि छ। 

(उत्पत्ति १७:७-९, यशैया ४९:१, ५, मर्कुस १०:१३-१६, प्रेरित २:३८, १कोरिन्थी ७:१४)

 


प्र ५५: प्रभु भोज भनेको के हो? उ: प्रभु भोज भनेको येशू ख्रीष्टको शरिर र रगतको सङ्केत गर्ने रोटी र दाखरस बाँड्ने मण्डलीको बिधि हो ।

( मत्ति २६:२६-३०, मर्कुस १४:२२-२५, यूहन्ना ६:५३, १ कोरिन्थी १०:१६-१७, ११:२३-२६)

 


प्र ५६: प्रभु भोज (रोटी र दाखरस) किन लिईन्छ?

उ: विश्वास गर्ने मानिसहरुले प्रभुको रोटी खाएर दाखरस पिएर पाप क्षमाको अनुग्रह अनुभब गर्दै आत्मिक रुपमा विकास भई प्रभुको दोस्रो आगमन हुन्जेलसम्म उहाँको मृत्यु र पुनरुत्थानको सम्झना गर्नको लागि हो ।

( मत्ति २६:२६ - २९, मर्कुस १४:२२-२५, लुका २२:७-२०, २२:२१-२३, रोमी ६:४, १कोरिन्थी ११:२७-२९, हिब्रु १३:१०-१३)

 


प्र ५७: मिसन भनेको के हो?

उ: परमेश्वरले सन्सारलाई मुक्ति दिनको लागि विश्वास गर्ने मानिसहरुलाई बोलाउनुभएर परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नु भनेर आज्ञा गर्नुभएको बोलावट हो । 

(उत्पत्ति १२:१-३, यशैया ६:८, मत्ति २८:१९-२०, मर्कुस १:१४-१५, यूहन्ना ३:१६-१७, प्रेरित १:८)

 

 

अध्याय ७ इतिहास र अन्त्य  
प्र ५८: संसारको अन्त्य भनेको के हो ?

उ: सृष्टिकर्ता परमेश्वरले पापी सन्सारलाई न्याय गर्नुभएर नयाँ स्वर्ग र नयाँ पृथ्वी बनाउनुहुने हो ।
(यशैया ६५:१७-२५, मर्कुस १३:२४-३७, २पत्रुस ३:१० - १३, प्रकाश २१:१-४)

 


प्र ५९: संसारको अन्त्य कहिले हुन्छ ?उ: मनिसले अन्त्यको दिन जान्न सक्दैन, इन्साफको अधिकार हुनुभएको परमेश्वरले मात्र जान्नुहुन्छ।

(मत्ति २४:३२-३६, लुका २१:२९ ३३, प्रेरित १:६-७, १थेसालोनिकी ५:१-६, २पत्रुस ३:३-१३)

 


प्र ६० : परमेश्वरले कसरी इन्साफ गर्नुहुन्छ ?

उ: परमेश्वरले न्यायपुर्ण तरिकाले इन्साफ गर्नुहुन्छ ।

 मानव इतिहाँसमा निरन्तर इन्साफ गर्दै आउनुभएको भएता पनि इतिहाँसको अन्त्यमा अन्तिम इन्साफ गर्नुहुनेछ ।

( भजन ९:७-८, मत्ति २५:३१-४६, यूहन्ना ३:१६-२१, प्रकाश १६:४-७)

 


प्र ६१ : बिश्वासी मानिसहरुको पनि इन्साफ हुन्छ ?

उ: बिश्वास गर्ने मानिसहरु पनि परमेश्वरको इन्साफ भित्र छन् तर पनि येशू ख्रीष्टले हामीहरुको सट्टामा मरिदिनुभएकोले पापको क्षमा तथा मुक्ति पाउनेछन्। 

( मत्ति ७:२१ - २३, रोमी ८:१-११, १को। ३:१२-१५, २कोरिन्थी ५:१०, १ पत्रुस ४:१७-१९)

 


प्र ६२ : बिश्वास गर्ने मानिसहरुले मृत्युपछि येशू ख्रीष्टबाट के आशा पाउँछन् ?

 उ: येशू ख्रीष्टले मृत्युलाई बिजयी गरेर पुनरुत्थान हुनुभएकोले अनन्तसम्म जीउने बाटो खोलिदिनुहुन्छ भन्ने बिश्वास गरि आशा राख्दछन् ।
(अय्युब १९:२५ - २७, यूहन्ना ११:१-१४, १कोरिन्थी १५:५५-५७, २कोरिन्थी ५:१-६:८, १ थेसालोनिकी ४:१३-१७, १ पत्रुस १:३-४)

 

 

अध्याय ८ व्यबस्था र पालन  

प्र ६३ : मानिसले गर्ने पर्ने काम के द्वारा थाहा पाउन सकिन्छ ?

उ: त्यो चाहिँ परमेश्वरको उद्येश्य प्रकट गरिएको ब्यवस्थाद्वारा थाहा पाउन सकिन्छ ।
( ब्यवस्था ४:५-९, यहोशू १:७-८, मत्ति १९:१६-२१, रोमी ७:७-१२)

 


प्र ६४: ब्यवस्था भनेको के हो?

उ: ब्यवस्था चाहिँ परमेश्वरले इस्राएली जातिहरुसँग करार बाँध्रुहुँदा दिनुभएको आज्ञा हो जुन दश आज्ञाले समेटेको छ।
(प्रस्थान २:१-१७, ब्यवस्था ५:१-२१, भजन १९-७-८, मत्ति ५:१७-१९)

 


प्र ६५ : दश आज्ञाको सार के हो ?उः हाम्रो हृदय, इच्छा, बल साराले परमेश्वरलाई प्रेम गर्नु र छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नु हो ।

(लेवी १९:१८, ब्यवास्था ६:४-९, मत्ति २२:३४-४०, मर्कुस १२:२८-३४, लुका १०:२५-२८, रोमी १३:८-१०, गलाती ५:१४)

 


प्र ६६: पहिलो आज्ञा के हो? 

उ: तिमीहरूले मबाहेक अरू कुनै देवता पूज्नु हुँदैन।
(प्रस्थान २०:१-३, ब्यवस्था ५:७)

 


प्र ६७: पहिलो आज्ञाको अर्थ के हो?

उ: मुर्तिहरु वा काठ वा धातुको वा मानिसको आकृतिको पुजा आराधना नगरेर बाईबलले बताएको एकमात्र सृष्टीकर्ता परमेश्वरको 

भय मानेर आराधना गर्नु भनेको हो । 

(यहोशू २४:१४-२४, यशैया ४५: ५-७, मत्ति ४:१०, ६:२४)

 


प्र ६८: दोस्रो आज्ञा के हो ? 

उ: तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ।  कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर।

(प्रस्थान २०:४-६, ब्यवस्था ५:८-१०)(출애굽기 20:4-6, 신명기 5:8-10)

 


प्र ६९: दोस्रो आज्ञाको अर्थ के हो ? 

उ: त्यो चाँहि मुर्ति पूजा नगर्नु भन्ने आज्ञामा मानिसले आराधना गर्नको लागि परमेश्वरको सट्टामा सृष्टी गरिएका कुराहरुको आकृति 

नबनाउनु भनेको हो।
(प्रस्थान ३२:१-२०, लेवी २६:१, ब्यवस्था ४:९-३१, भजन ११५:४-८(भजन एक सय पन्ध्र: चौथो देखि आठौं पद।), हाबकुक २:१८-२०, कलसी ३:५)

 


प्र ७० : तेस्रो आज्ञा के हो ? 

उ: "तैले परमप्रभु आफ्ना परमेश्वरको नाउँ ब्यर्थमा नलिनु" भन्ने हो।

(प्रस्थान २०:७, ब्यवस्था ५:११)  

 


प्र ७१: तेस्रो आज्ञाको अर्थ के हो?उ: परमेश्वरको नाउँ दुरुपयोग गर्ने वा उहाँको नाउँ बिना काममा प्रयोग नगर्नु भन्ने अर्थमा सम्मानको हृदयले

परमेश्वरको नाउँ पुकार्नु भनेको हो ।
(लेवी १९:१२, ब्यवस्था २८:५८-५९, भजन ८६:१९, मत्ति ५:३३-३७, ६:९, याकुब ५:१२)

 


प्रः ७२ : चौथो आज्ञा के हो?

उ: "तैंले शवाथ दिन पवित्र राख्नुपर्छ भनि याद राख्नु" भन्ने हो।
(प्रस्थान २०:८-११, ब्यवस्था ५:१२-१५)

 


प्र ७३ : चौथो आज्ञाको अर्थ के हो ?उः परमेश्वरको सृष्टीको लागि स्तुति गर्दै शवाथमा रमाउदै, ख्रीष्टको पुनरुत्थानको खुशिमा सहभागि हुदै पवित्र आत्मामा संगति गर्दै 

सेवा गर्नु भन्ने हो ।
(उत्पत्ति २:३, प्रस्थान ३१:१२-१७, मत्ति १२:१-१३, मर्कुस २:२७-२८, ३:३-४, प्रेरित २०:७)

 


प्र ७४: पाँचौ आज्ञा के हो ?

उ: "तँले आफ्ना बाबु आमालाई आदर गर्नु" भन्ने हो । 

(प्रस्थान २०:१२, ब्यवस्था ५:१६)

 

 

प्र ७५: पाँचौ आज्ञाको अर्थ के हो ?

उ: आफ्नो अबिभावक वा आफुभन्दा ठूलो मान्छेलाई आदर गर्दै उहाँहरुको असल शिक्षालाई पछ्याउनु भनेको हो।
(लेवी १९:३२, ब्यवस्था २७:१६, हितोपदेश १:८-९, २३:२२-२५, मत्ति १९:१९, एफिसी ६:१-४)

 


प्र ७६: छैटौँ आज्ञा के हो ? 

उ: "तैंले हत्या नगर्नु" भन्ने हो ।
(प्रस्थान २०:१३, ब्यवस्था ५:१७)


प्र ७७: छैटौँ आज्ञाको अर्थ के हो ?

उ: मानिसहरुको जीवन परमेश्वरले दिनुभएको हो, त्यसैले मानिसले आफ्नो र अर्काको जीवनको हेरचाह र सुरक्षा गर्नुपर्छ भनेको हो
(उत्पत्ति ९:५-७, गन्ती ३५:१०-१५, भजन ५:४-६, मत्ति ५:२१-२६, १ यूहन्ना ३:११-१६)

 

 

प्र ७८: सातौँ आज्ञा के हो ? 

उ: "तैंले ब्यभिचार नगर्नु" भन्ने हो । 

(प्रस्थान २०:१५, ब्यवस्था ५:८)


प्र ७९: सातौँ आज्ञाको अर्थ के हो ?

उ: बिबाहित जीवनलाई पवित्र राख्दै ब्यभिचारपुर्ण बिचार वा बोली नगरेर आफु र छिमेकिको बीचमा असल सम्बन्ध राख्नु भनेको हो ।(हितोपदेश ६:२७-३५, मत्ति ५:२७-२८, मर्कुस १०:२-१२, १ कोरिन्थी ६:१५ - २०, हिब्रु १३:४)

 


प्र ८० : आठौँ आज्ञा के हो ? 

उ: "तँले चोरी नगर्नु" भन्ने हो ।
(प्रस्थान २०:१५, ब्यवस्था ५:१९)


प्र ८१ : आठौँ आज्ञाको अर्थ के हो ?
उ: अरुको सम्पत्तिमाथि हात लगाउने वा अस्वभाविक ढङ्गले नथुपार्नु तर परिश्रम गरेर कमाई आफ्नो गरिब छिमेकीलाई मद्धत गर्नु भनेको हो ।

(लेवी ६ : २ - ७, ब्यवस्था २५:१३-१६, लुका १९:८-९, एफिसी ४:२८, १ तिमोथी ६:१७-१९)

 


प्र ८२: नवौँ आज्ञा के हो ?

उ: "आफ्नो छिमेकीको बिरुद्धमा झुटो गवही नदिनु" भन्ने हो ।
(प्रस्थान २०:१६, ब्यवस्था ५:२० )

 


प्र ८३ : नवौँ आज्ञाको अर्थ के हो?

उ: झुटो गवाही दिएर खराब छिमेकी नबनेर आफ्नो छिमेकीसँग साँचो सम्बन्ध राख्नु भनेको हो ।
(प्रस्थान २३:१-३, ६-९, ब्यवस्था १९:१५-२०, हितोपदेश ३१:८-९, विलाप ३:३४-३६, मर्कुस १४:५५-५९, एफिसी ४:२४-२५)

 


प्र ८४: दशौँ आज्ञा के हो ?

उ: "आफ्नो छिमेकीको घरको लालचा नगर्नु" भन्ने हो । 

(प्रस्थान २०:१७, ब्यवस्था ५:२१)(출애굽기 20:17, 신명기 5:21)

 

 

प्र ८५ : दशौँ आज्ञाको अर्थ के हो?

उ: लोभमा फसेर अरुको सम्पत्तिको लालच गर्ने वा लुट्ने नगर्नु भनेको हो ।
(लेवी १९:१३, १राजा २१:१-४, उपदेशक ५:१०-१७, मलाकी २:१-३, लुका ३:१०-१४, १२:१५, गलाती ५:२४, १तिमोथी ६:७, याकुब १:१४, ५:१-५)

 


प्र ८६ : यि सबै आज्ञाहरु कसरी पालन गर्न सकिन्छ? 

उ: मानिस पापी भएकोले यी सबै आज्ञाहरु पालन गर्न सकिदैन तर पवित्र आत्माको सहायताले भने सकिन्छ । यी सबै आज्ञाहरु परमेश्वरलाई प्रेम गर्नु र छिमेकीलाई प्रेम गर्नुमा समेटिएका छन्।
( उपदेशक ७:२०, लुका १०:२५-२८, यूहन्ना १३:३४-३५, १४:२६, रोमी १३:९-१०, गलाती ५:१३-१६, २तिमोथि १:१४, याकुब २:८)

 

 

अध्याय ९ प्रार्थना र जीवन  
प्र ८७: विश्वासीहरुले गर्नुपर्ने काम के हो ?

उ: परमेश्वरको आराधना गरेर बचन सिक्नु अनि प्रार्थना गर्दै छिमेकीलाई प्रेम गर्नु र मिसनको काम गर्नु हो ।

 

(लेवी १९:१८, ब्यवस्था ५:१, भजन ७१:१५, भजन ८८:६-७, भजन ११९:७३-७४, मर्कुस १६:१५, यूहन्ना ४:२३-२४, रोमी १२:९-१८, १ थेसालोनिकी ५:१६-१८, २तिमोथि ३:१४-१७, तितस १:३)

 


प्र ८८: प्रार्थना भनेको के हो?

उ: प्रार्थना भनेको येशू ख्रीष्टको नाउँमा परमेश्वरमा बिन्ती चढाउनु अनि उहाँको बचन सुनेर सुनेर उहाँसँग सम्बन्ध गाँस्नु हो ।
(भजन १४५:१८-१९, यर्मिया ३३:३, मर्कुस १४:३२-३६, यूहन्ना १६:२३-२४, फिलिप्पी ४:६, १ यूहन्ना १:३, १ यूहन्ना ५:१४-१५)

 

 

प्र ८९ : प्रार्थना कसरी गर्नुपर्छ ?

उ: प्रार्थना चाँहि स्तुति, धन्यबाद र पश्चात्तापका साथ म र छिमेकीको निम्ति अर्जबिन्ति जस्ता कुराहरु गरिन्छ र सबै प्रार्थना परमेश्वरको इच्छासँग मिल्ने गरि गर्नुपर्छ । प्रार्थनाको नमुना चाँहि "प्रभुले सिकाउनु भएको प्रार्थना " हो।
(प्रस्थान ३२:३०-३२, भजन ५१:१-७, भजन १३५:१-१४, १३९:१४-१८, मत्तिइ ६:९-१३, २६:३६-४५, लुका १८:१-१४, रोमी ९:१-३, कलसी १:९-१२, ४:२)

 


प्र ९० : "हे हाम्रा स्वर्गमा बस्नुहुने पिता" भनेको के हो ? 

उ: छोराछोरीले बाबुलाई गरे झैँ प्रेम, आस्था तथा आदर गर्दै प्रार्थनाको आधार परमेश्वरलाई पुकार्नु हो ।

(भजन २८:२६, यशैया ६३:१६, ६४:८-९, मत्ति ६:९, रोमी ८:१५, १कलसी ८:५-६, गलाती ४:६)

 


प्र ९१: "तपाईको नाउँ पवित्र गरियोस" भनेको के हो ? 

उ: हामीले परमेश्वरलाई स्तुति गर्दै उहाँको नाउँ सधैँ उच्च होस भन्ने कामना गर्नु हो ।

(लेवी २२:३२-३३, भजन १४५:१९-२१, यशैया ६:१-३, इजिकिएल ३६:२२ २३, मत्ति ५:१६, ६:९, यूहन्ना १७:१-२६)

 


प्र ९२: "तपाईँको राज्य आओस" भनेको के हो ?

उ: यो संसारमा शैतानको शक्ति नष्ट भएर परमेश्वर र मानिस बीचको बिग्रीएको सम्बन्ध पुनर्स्थापित होस् र परमेश्वरको अधिकार 

स्थापित होस भन्ने कामना गर्नु हो । 

( भजन ६८:१- २, यशिया ६५:१७-२५, मत्ति ६:१०, १२:२८, प्रकाश १२:७-१२)

 


प्र ९३: "स्वर्गमा जस्तै तपाईंको इच्छा यस पृथ्वीमा पनि पूरा होस" भनेको के हो?

उ: परमेश्वरको इच्छा जसरी स्वर्गमा पूर्ण रुपले स्थापित भएको छ त्यसैगरि पृथ्वीमा पनि मानिसहरुले पनि उहाँको इच्छा बुझेर आज्ञाकारी भई उहाँको सेवा गरुन भन्ने कामना गर्नु हो।
(भजन ६७:१-७, १०३:१९-२२, यशैया ११:१-१०, मत्ति ६:१०, ६:३३, लुका १७:२०-२१, एफिसी १:१७-१९)

 


प्र ९४ : "आज हामीलाई हाम्रो दिनभरिको भोजन दिनुहोस" भनेको के हो?

उ: त्यो चाहिँ यो संसारमा हाम्रो जीवनको लागि आबश्यक कुराहरु माग्नु र दिन दिनै परमेश्वरको अनुग्रहमा जीउने चाहना गर्नु हो ।
(उत्पत्ति २८:२०-२२, प्रस्थान १६:४-३६, भजन ३३:१८-१९, हितोपदेश ३०:८-९, मत्ति ६:११, ६:२५-३४, फिलिप्पी ४:६, १ तिमोथि ६:६-८, याकुब २:१४-१७)

 


प्र ९५ : "हामीले हाम्रा बिरुद्धमा अपराध गर्नेहरुलाई क्षमा गरे जस्तै हाम्रा अपराधहरु क्षमा गर्नुहोस" भनेको के हो ? 

उ: परमेश्वरले येशू ख्रीष्टको क्रुसको माध्यमबाट हाम्रा पापहरु क्षमा गर्नुभए जस्तै हामीले पनि हाम्रा छिमेकीहरुले गरेका अपराधहरुलाई क्षमा गर्न सकौँ भन्ने कामना गर्नु हो ।
(उत्पत्ति ५०: १५-२१, मत्ति ६:१२, १४-१५, १८:२१-३५, एफिसी ४:३१-३२)

 


प्र ९६: "हामीलाई परिक्षामा पर्न नदिनुहोस" भनेको के हो?

उ: पापको खाडलमा सजिलै फस्न सक्ने मानिसहरुलाई पाप गर्न नदिनलाई परमेश्वरले सहायता गर्नुहोस भन्ने कामना हो ।
(उत्पत्ति ३:१-६, मत्ति ४:१-११, ६:१३, २६:४१, १ तिमोथि ६:९-१०, याकुब १:१३-१५)

 


प्र ९७: "तर दुष्टबाट बचाउनुहोस" भनेको के हो?

उ: हाम्रो बलले जित्न नसक्ने दुष्टको शक्तिबाट परमेश्वरले हामीहरुलाई बचाउनुहोस भन्ने कामना गर्नु हो ।
( भजन ९१:१-६, दानिएल ९:१५-१९, मत्ति ६:१३, यूहन्ना १७:१५, रोमी ७:२३-२५, एफिसी ६:१०-१८)

 


प्र ९८: "राज्य, पराक्रम र महिमा सदासर्बदा तपाईंकै हुन्" भनेको के हो?

उ: संसारका सम्पूर्ण राज्य वा पराक्रम वा शक्ति सबै परमेश्वरमा नै निहित छन भन्ने स्वीकर गर्दै परमेश्वरलाई मात्रै महिमा दिनुपर्छ भनेको हो ।
(१ इतिहास २९:१०-१३, भजन ११५:१, दानिएल ४:३४-३७, मत्ते ४:१ - ११, ६:१३, प्रकाश ४:१०-११)

 


प्र ९९: "आमिन" भनेको के हो?

उ: त्यो चाँहि "साँच्चै र सत्य हो" भन्ने अर्थमा सम्पूर्ण कुराहरु त्यसैगरि पूरा हुन् भन्ने विश्वास र कामना गर्नु हो ।

( भजन ४१:१३, मत्ति ६:१३, १कोरिन्थी १४:१६, २ कोरिन्थी १:२०, १ तिमोथि १:१७, प्रकाश २२:२०-२१)

 

 
 

 

 

댓글